सहिद लखन थापामगर साझा विभूती हुन्: मन्त्री गाहामगर

पाेखरा | फागुन २, २०७९

सहिद लखन थापामगर साझा विभूती हुन्: मन्त्री गाहामगर

पोखरा:  गण्डकी प्रदेशका आन्तरिक तथा कानूनमन्त्री रोशनबहादुर गाहामगरले सहिद लखन थापामगर मगर समुदायको मात्र नभइ राष्ट्रकै साझा विभूती भएको बताएका छन् । 


शहिद क्याप्टेन लखन थापामगरको १४६ औं स्मृति दिवसको अवसरमा नेपाल मगर संघ कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । 


‘सहिद लखन थापामगर, मगर समुदायको मात्र होइन । सिंगो यो देशको साझा विभूती हुन्, मन्त्री गाहामगरले भने, ‘त्यसैले मगर समुदायले मात्रै होइन सम्पूर्ण नेपालीले राष्ट्रकै पहिलो सहिदको रुपमा बुझ्न आवश्यक छ । किनभने उनले यो देशमा प्रजातन्त्र, लोकतन्त्र ल्याउन र जनतालाई अधिकारको प्रत्याभुत गराउका निम्ती सहिद भएका थिए ।’


उनले सहिद लखन थापामगरले अधिकार प्राप्तिको लागि बलिदानी दिएको बताउदै दोहोर्याए, ‘जनतालाई राजनीतिक, सामाजिक परिवर्तन, न्याय र अधिकारको सुनिश्चिता गर्ने समयमा शहिद भएका थिए । त्यसैले शहिद लखन थापामगर मगरको मात्र शहिद नभएर सिंगो राष्ट्रको साझा राष्ट्रिय विभूति हुन् ।’


देशमा प्रजातन्त्र र लोकतन्त्रसँगै नेपाली जनतालाई अधिकार प्राप्त गर्नका निम्ति पहिलो शहिद भएको मन्त्री गाहामगरले बताए । ‘जंगबहादुर राणाको शासनको विरुद्ध सहिद थापामगरले हल्लाउने काम ग¥यो, देशमा प्रजातन्त्र, लोकतन्त्र र नेपालीहरुलाई अधिकार प्राप्त गराउने समयमा पहिलो शहिद हुन पुगेका हुन् ।’ उनले भने ।


मन्त्री गाहामगरले सहिद लखन थापामगरले इतिहासमा गरेका योगदानलाई पाठ्यक्रमको आधारभूतदेखि माध्यमिक शिक्षासम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने धारणा राखे ।


उनले फरक प्रसंगमा बोल्दैसंख्याको हिसाबमा धेरै भएपनि राजनीतिक लगायत विभिन्न क्षेत्रमा मगर समुदाय पछि परेको बताउँदै अधिकार प्राप्तिको लागि शिक्षाको माध्यम र राजनीतिक हिसाबमा अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए ।


यस्तै कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय उपमहासचिव खेमबहादुर पुनमगरले सहिद थापामगरको स्मृति कार्यक्रम मगर संघले नभएर राष्ट्रले नै गर्न आह््वान गरे । 


यस्तै कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव सुजन लामाले लखनचोकमा बेलाबेलामा हुने हस्तक्षेपको विरोध गर्दै पुनः हस्तक्षेत्र दोहोरिए प्रतिकारमा उत्रने बताए । 


शहिद क्याप्टेन लखन थापामगरको १४६ औं स्मृति दिवसको अवसरमा नेपाल मगर संघ कास्कीको भवनबाट ¥यालीसहित पोखराको लखनचोकमा रहेको आएर ¥याली कोण सभामा परिणत भएको थियो । 


सहिद थापामगरको शालिकमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले माल्यार्पण गर्दै १४६ औं स्मृति दिवस मनाइएको थियो ।


सो कार्यक्रममा नेपाल मगर संघ कास्कीमा आवद्ध विभिन्न इकाई समितिका मगर समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्